एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३१ :
नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाको प्रथम जिल्ला अधिवेशन अखिल मढीको अध्यक्षतामा सम्पन्न भई, मढी पुनः जिल्ला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्। कार्यक्रममा जिल्लाभरका खेलकर्मी, संघका प्रतिनिधि र विशिष्ट अतिथिहरूको सहभागितासँगै सबै पदाधिकारीहरू एकमतमा चयन भएको जानकारी दिइएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा राकेश यादव, महिला उपाध्यक्षमा मिशा महासेठ, सचिवमा सुभाष कुमार शर्मा, सह–सचिवमा पंकज कुमार रोशन र कोषाध्यक्षमा रुपक श्रेष्ठ चयन भएका छन्। साथै, सदस्य तथा क्षेत्रगत प्रतिनिधि पदहरूमा विभिन्न नामको चयन भएको छ। अध्यक्ष मढीले भने अनुसार, नयाँ कार्यसमितिको गठनसँगै योजनाबद्ध ढंगले जिल्लास्तरीय खेल प्रतियोगिता, खेलाडी प्रशिक्षण र आधारभूत पूर्वाधार विकासमा जोड दिइनेछ। उनले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई मुख्यधारामा ल्याउन विशेष कार्यक्रमको घोषणा पनि गरेका छन्।
यस अधिवेशनपछि संघका पदाधिकारी, स्थानीय क्लब, प्रशिक्षक र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूबीच सहकार्यको आशा बढेको बताईन्छ, जसले धनुषा जिल्लामा खेलकुद विकास र स्थायी संगठनात्मक संरचनाको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।