एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २५ : शक्ति र साइजले केहि हुदैन, प्रयास गरे सफलता अवश्य मिल्छ भन्ने उदाहरण पुनः मधेशमा प्रस्तुत भएको छ । सत्ता र शक्तिको आधारमा मधेशमा एकदमै कान्छा दल मानिने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रारम्भिक प्रयास र सक्रियताले अन्तत मधेशका सात दलहरु मोर्चाबन्दीमा फर्केर पुनः लोकतान्त्रिक मोर्चा बनाएका छन् ।
गत विहिवार काठमाण्डौंमा मोर्चाको घोषणा हुँदा तमलोपाको प्रतिनिधित्व अध्यक्ष बृखेशचन्द्र लालले गरेका थिए । उनको दलको राजनीतिक हैसियत र शक्तिको आधारमा उनलाई घोषणा सभामा प्रोटोकलका आधारमा जुन हैसियत दिएको भएपनि मोर्चाका सुत्रधार र प्रथम पहलकर्ता उनै लाल हुन ।

देशको पहिलो र दोस्रो शक्ति कांग्रेस र एमाले मिलेर दुई तिहाइको सरकार बनाएर सबैलाई चकित पारेपछि भविष्य संकटमा छ भन्ने दुरदर्शी सोँचका साथ पहिलो पटक तमलोपाले नेपाल सदभावना पार्टी (रामकुमार महतो) र एतिहाँसिक जनता पार्टी संग मोर्चा गठन गरेर शक्ति सञ्चय, मोर्चाको आवश्यकता र प्रभावकारिता तर्फ अग्रसर भए ।
२०७९ भदौ १४ मा नेपाल सदभावना पार्टी संग बैचारिक मोर्चा बनाएको तमलोपा २०८० फागुन ९ मा हृदयश त्रिपाठीको जनता प्रगतिशिल पार्टीलाई थपेर मोर्चामा बल थपे । मधेशलाई छिन्न भिन्न पारेर आफुहरु मात्र राज्यको केन्द्र र शक्तिमा निरन्तरता पाउनुपर्छ भन्ने पुराना दलहरुको सोँचलाई हदै सम्म निरुत्साहित गर्न मधेश र परिवर्तणकारीहरुको एउटा बेग्लै मोर्चाको आभाष गरेको बृखेशको टिम त्यतीमा मात्र सन्तुष्ट रहेन र पछि मोर्चामा थपियो डा. सिके राउतको जनमत पार्टी ।

२०८० फागुन २७ मा जनमत पार्टी पनि मोर्चामा थपिएपछि मोर्चाको शक्ति र प्रभाव पर्न विस्तारिदै गएको महशुस आफुलाई मधेशको ठुलो शक्ति भनिने दलहरुले पनि गरे र अन्नतः उपेन्द्र यादवको जसपा नेपाल, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी र जनमत संग एकताकै प्रयासमा रहेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि समाहित भएर सात दलिय प्रभावशाली मोर्चा बन्न सम्भव भएको छ ।
मोर्चाका अभियानी तमलोपा अध्यक्ष बृखेश लाल भन्छन, ‘अहिले प्रोटोकल, वरियता र भाउको समय होइन अहिले एकता, शक्ति र प्रभावकारिताको समय हो, यस्मा सबैजना मिलेर अवस्थाको मुल्यांकन र रणनिती अख्तियार गर्न आवश्यक छ ।’

यस क्रममा बृखेशचन्द्र लाल, उनका वरिष्ठ नेता डा. विजय कुमार सिंह सहितको तमलोपा मातृका यादव, नेकपा एकिकृत समाजवादी पार्टीका स्थानिय नेताहरुलाई मिलाएर पनि मधेश र परिवर्तण रक्षाको सवालमा सहकार्य नखोजेको होइन । यादव सहितका संग संयुक्त मधेश संघर्ष समिति बनाएर संविधानको उल्टो संसोधन विरुद्व आन्दोलन र दबाबका लागि सभा समेल्लन समेत गरिएको थियो ।
साथै कांग्रेस र अन्य दलका नेता तथा सांसदहरु समेतको सहभागितामा भ्वाईस अफ जनकपुरको गठन गरेर जनकपुरधामको वेथिती र विसंगति विरुद्वको अभियान अझै पनि जारी रहेको लाल बताउछन् ।
