एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २४ : धनुषाको रघुनाथपुरमा भव्य संगीतमय श्रीमदभागवत गीता महापुराण कथाको प्रारम्भ भएको छ । चैत २४ गते देखि ३१ गते सम्म आठ दिवसीय यस धार्मिक आयोजनाको प्रारम्भ भएको हो । गाँउ र सो क्षेत्रका करिव एक हजार भन्दा बढि स्थानिय महिला, युवतीहरुले पवित्र तथा एतिहाँसिक कमला नदीमा कलश भरेर भब्य कलश शोभायात्रा सहित संगीतमय श्रीमद् भागवत गीताको आइतवार सुरुवात भएको हो ।
यस वृहत ज्ञान महायज्ञमा भारतका चर्चित कथा वाचक श्री शिवांश महाराजले कथा वाचन गरिरहेका छन् । आयोजक रघुनाथपुरको युवाहरु सम्मिलत श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समिति सहित ग्रामवारीले भागवतमा सरिक भएर धर्मको भागी बन्न समस्त जिल्लावासी र छिमेकीका जिल्लावासीहरुलाई पनि आग्रह गरेको छ ।
यस अघि आयोजक समिति काठमाण्डौं, जनकपुरधाम सहित पुगेर छलफल बैठक गर्दै आयोजनलाई भब्य बनाउन विर्मश गरेका थिए । यो ज्ञान महायज्ञ श्रीमदभागवतको उद्देश्य विशुद्व रुपमा रघुनाथपुरमा रहेको समाजिक धर्मशालाको विकास र विस्तारका लागि रहेकाले सबैले आ आफनै आयोजन बुझेर धर्म र समाजिक विकास दुवै कार्य सफलता हुने भएकाले सहयोग गर्न आयोजक समितिले आग्रह गरेको छ ।

पहिलो दिन पुजापाठ, भागवत गीता आरती, प्रचवन, भब्य झाँकी सहित भागवतको थालनी भएको हो । कलशयात्राको प्रमुख अतिथि स्थानिय समाजसेवी रुद्र नारायण साह थिए भने भागवतको समुदघाटनका प्रमुख अतिथि स्थानिय समाजसेवी अमेरिका निवासी संजय गामी दम्पतीले गरेका थिए । स्थानिय श्री हरिहरनाथ मन्दिर छेउमै लाग्ने रघुनाथपुर बजारको प्राङ्गणमा सुरु भएको महायज्ञ ३१ गते सम्म चल्ने छ ।