एसपी रिपोर्टर
चन्द्रपुर , चैत्त २३ : गौर नगरपालिकाले रामनवमी पर्वको अवसरमा आइतबार नगर क्षेत्रभित्र मांसाहारी सामग्री तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ।
नगर प्रमुख शम्भु साहले धार्मिक शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रमका कारण धार्मिक मर्यादा कायम राख्नका लागि सबैलाई मांसाहारी तथा मदिराजन्य वस्तुहरू बिक्री नगर्न अनुरोध गरेका छन्।नगरपालिकाले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।