एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३ : नेकपा (एस) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्ना कार्यालयमा गरिएको तोडफोड र आगजनीको निष्पक्ष छानबिनको माग गर्दै चैत २५ गते देशभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पालिका, वडा, प्रदेश र क्षेत्रीय तहमा कार्यक्रम हुनेछन्। घटनाको क्षति विवरण संकलनका लागि केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।पार्टीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई जानकारी दिन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुशासन, रोजगारी, र समृद्धिका लागि राजनीतिक सभा पनि गर्ने जनाएको छ।यसै क्रममा जनताको आर्थिक र सामाजिक न्यायको अवस्था अध्ययन गरी गरिबी निवारण, सुशासन र जनजीविकामा केन्द्रित आन्दोलनका कार्यक्रम अघि सारिने बताइएको छ।पार्टीले सरोकारवाला पक्षसँग छलफल गरी समाजवादी कार्यक्रम परिमार्जन गर्ने तथा निर्वाचन प्रणाली सुधार र समाजवादी कार्यक्रम कार्यान्वयनमा जनस्तरबाट आएका सुझाव समेट्ने जनाएको छ।
नेकपा (एस) ले चैत २ गतेदेखि वैशाख २२ गतेसम्म जारी पार्टी अभियान अन्तर्गत यी कार्यक्रम सञ्चालन गर्नेछ।