एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३: बारा प्रहरीले ११.६८ किलो चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थित क्षेत्रबाट लागुऔषधसहित मकवानपुरको थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जाँच गर्दा सिटमुनि लुकाइएको चरेस फेला परेको हो।
प्लास्टिकसहित तौल गर्दा उक्त चरेस ११.६८ किलो रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका थिङमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।