एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नपाउने जानकारी दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार थाइल्याण्डमा सम्पन्न बिमस्टेक सम्मेलनका साइडलाइन वार्तामा मोदीले संवाद कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएका हुन्। “मोदीजीको सो समयमा युरोप भ्रमण तय भइसकेकोले उहाँ आउन नपाउने भए,” प्रधानमन्त्री ओलीले भने।
यद्यपि, भारतबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सगरमाथा संवाद कार्यक्रममा सहभागी हुने उनले बताए।