एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३ : प्रहरीले एम्बुलेन्समार्फत लागुऔषध तस्करी गर्ने प्रयासमा रहेका ६ जना भारतीय नागरिकलाई ललितपुरको भट्टेडाँडाबाट पक्राउ गरेको छ। शुक्रबार राति २ बजे बागमती गाउँपालिका–३ छपेलीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स (BR 05 PA 0421) चेकजाँच गर्दा लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा एक किशोरी र ८ वर्षीय बालकसहित समिर आलम (२०), मुन्ना अन्सारी (३३), नोर्जान खातुन (४५) रहेका छन्। एम्बुलेन्स चालक मोहम्मद उमर भने फरार भए पनि शनिबार बिहान पक्राउ परेका छन्।प्रहरीका अनुसार उनीहरूले बिरामी नाटक गरेर लागुऔषध ट्रामाडोल का ९३,८०० क्याप्सुल काठमाडौं ल्याउने प्रयास गरेका थिए। लागुऔषध एक नेपाली व्यक्तिका लागि ल्याइएको बताइएको छ, तर ती व्यक्ति फरार छन्।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।