एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २३ : प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भई थाइल्यान्ड भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल बैंककस्थित सम्मेलनमा सहभागी हुन गत साता थाइल्यान्ड गएका थिए।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शुक्रबार विशेष भेटवार्ता गरेका थिए।