एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २२ :मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन्। उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न आदेश दिएका छन्।साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। करारका स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरेका छन्।