एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबार मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। अन्य प्रदेशहरूको प्रदेशसभामा सम्बोधन गरिसकेका प्रधानमन्त्री ओली चैत २६ गते मधेस प्रदेशसभामा सम्बोधन गर्ने निश्चित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभामा रहेको गतिरोध अन्त्य गर्नका लागि दलहरूबीच भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीको सम्बोधनका विषयमा सहमति जुटेको प्रदेशसभा सदस्य रामअशिष यादवले जानकारी दिए।