एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २२ : जनमत पार्टीले उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ।
महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि पार्टीले साहलाई सात दिने स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियो। तर, उनले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।साहमाथि पार्टीको जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतविरुद्ध गतिविधि सञ्चालन गरेको लगायतका आरोप लगाइएको छ। यद्यपि, साहले आफूविरुद्ध लगाइएका आरोपको पुष्टि गर्न माग गर्दै स्पष्टीकरण पेश गरेको जानकारी गराएका छन्।