एसपी रिपोर्टर
जनकपुरधाम , चैत्त २१ : जनकपुरधाम उपमहानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरिएको छ।
नगर शिक्षा समिति तथा निजी विद्यालय संगठन (प्यावसन) का नगर संयोजक दीपक ठाकुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएका हुन्। उनका अनुसार अभिभावकहरूको जिज्ञासालाई ध्यानमा राख्दै निजी तथा संस्थागत विद्यालयका छाता संगठनहरू— प्यावसन, एनप्यावसन, एमप्यावसन, र नेपाल प्यावसनबीच छलफल गरी सबै विद्यालयका पाठ्यपुस्तकहरू एउटै ढाँचामा ल्याउने सहमति भएको छ।
यसै क्रममा, आउँदो आइतबार अर्को विज्ञप्ति प्रकाशन गरी पाठ्यपुस्तकको नामावली सार्वजनिक गरिने पनि उनले जानकारी दिएका छन्।