एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २१ : शिक्षक महासंघले सरकारले बोलाएको वार्तालाई औचित्यहीन भन्दै अस्वीकार गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको थियो।
महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले पहिले नै वार्ता भई सहमति भइसकेको भन्दै पुनः छलफल आवश्यक नरहेको स्पष्ट पारे। “ऐन जारी गर्ने निर्णय भए मात्र मन्त्रालय जान्छौं। फेरि वार्ता र सहमति आवश्यक छैन,” सुवेदीले भने।शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू दुई महिनादेखि आन्दोलनरत छन्। बुधबारदेखि उनीहरूले अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन्।
यसअघि, २०८० असोज ५ मा सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो। महासंघले उक्त सहमति अनुरूप शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै सरकारको वार्ताको प्रस्ताव अस्वीकार गरेको हो।