एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २० : सरकारले काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।
गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उक्त घटनामा परी २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो।दुबैजनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ। चिकित्सकका अनुसार रजकको शरीरमा कुनै गोली नभेटिएको तर महर्जनको शरीरमा एउटा गोली लागेको पुष्टि भएको छ।
सविन महर्जनको मंगलबार नै अन्त्येष्टि गरिएको छ भने रजकको अन्त्येष्टि आज गरिने बताइएको छ।