एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २० : काठमाडौंमा सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन थालेका छन्। बुधबार शिक्षकहरूले सडक प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न जिल्लाबाट आएका शिक्षकहरू विद्यालय शिक्षा ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरूले हिउँदे अधिवेशनमै ऐन जारी गर्नुपर्ने माग राखेका थिए, तर मंगलबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य भइसकेको छ।महासंघका अनुसार एक लाखभन्दा बढी शिक्षकलाई सहभागी गराएर आन्दोलनलाई व्यापक बनाउने योजना रहेको छ। शिक्षकहरूले विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन्।