एसपी रिपोर्टर
काठमाणडौं , चैत्त २० : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकहरूका अनुसार रजकको मृत्यु जलेर भएको पुष्टि भएको छ। “उहाँको शरीरबाट कुनै गोली फेला परेन, मृत्युको कारण जलेर भएको निष्कर्ष निकालिएको छ,” एक चिकित्सकले जानकारी दिए।चिकित्सकका अनुसार रजकको श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो प्रवेश गरेको देखिएको छ, जसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि गर्छ।यसअघि, सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमहरूमा रजकलाई गोली लागेको हल्ला फैलिएपछि पोस्टमार्टम अघि एक्स-रे गरिएको थियो। एक्स-रे रिपोर्टपछि मात्र बुधबार पोस्टमार्टम गरिएको हो।
हाल परिवारलाई शव बुझाउने प्रक्रिया अघि बढाइएको छ। परिवारले छिट्टै शव लैजाने जानकारी दिएको अस्पताल स्रोतले जनाएको छ।