एसपी रिपोर्टर
काठमाणडौं, चैत्त २० : नेपाल सरकारले म्यानमारमा भूकम्प पीडितहरूको सहयोगका लागि २२ सदस्यीय मेडिकल सहायतासहितको टोली पठाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली म्यानमार प्रस्थान गरेको हो।
टोलीमा सर्जन, अर्थोपेडिक र मेडिसिन चिकित्सक, नर्स, प्यारामेडिकहरू र आवश्यक औषधि तथा उपकरणहरू रहेका छन्। यो टोली म्यानमारमा एक साता रहेर भूकम्पबाट घाइते भएका व्यक्तिहरूको स्वास्थ्य उपचारमा खटिने छ।म्यानमारमा भूकम्पका कारण अहिलेसम्म २,०५६ जनाको मृत्यु भएको र ३,९०० भन्दा बढी घाइते भएका खबर प्राप्त भएका छन्। उद्धार टोलीहरूले राहत सामग्री वितरण गर्न संघर्ष गरिरहेका छन् र सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रमा अझै सम्पर्क स्थापित गर्न सकिएको छैन।