एसपी रिपोर्टर
काठमाणडौं, चैत्त २० : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले यसबारे जानकारी दिएका छन्।
यसअघि, रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स-रे गर्न ढिलाइ भएको थियो। केही मिडिया र सामाजिक सञ्जालमा रजकलाई गोली लागेको खबर सार्वजनिक भएपछि चिकित्सकले एक्स-रे नगरी पोस्टमार्टम नगर्ने निर्णय गरेका थिए।
प्रहरीले भ्रामक खबरहरू फैलाइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सविन महर्जनको पोस्टमार्टम भने भइसकेको छ। प्रहरी स्रोतका अनुसार, महर्जनको शरीरमा दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडमा गोली निस्केको पाइएको छ।