एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २० : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तराई-मधेस जागरण अभियान अन्तर्गत नेपालगन्ज पुगेका छन्।
उनले अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने सचिवालयले जनाएको छ। माओवादी केन्द्रले चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई राजावादी प्रदर्शनपछि निरन्तरता दिइरहेको छ।
नेपालगन्जको कार्यक्रम सकिएपछि प्रचण्ड बाँके र बर्दियाका अन्य कार्यक्रममा सहभागी हुनेछन्।