एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २० : भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
उनले एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ तथा सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका हुन्।बुधबार कोटेश्वरस्थित भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले दुबै परिवारलाई सो रकम प्रदान गर्ने घोषणा गरे। साथै, कोटेश्वर भाटभटेनीमा तोडफोड र लुटपाट गर्न आएका समूहको प्रतिकार गर्ने सुरक्षागार्डहरू तथा अन्य कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।