एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २० : नेपाल सरकार र थाइल्यान्ड सरकारबीच सांस्कृतिक तथा पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा थाइल्यान्डका विदेशमन्त्रीले हस्ताक्षर गरे। साथै, नेपाल र थाइल्यान्डका उद्योगीहरूबीच समेत केही व्यावसायिक सम्झौताहरू सम्पन्न भएका छन्। परराष्ट्रमन्त्री देउवाले यी सम्झौताहरूले नेपाल–थाइल्यान्ड सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।