एसपी रिपोर्टर
काठमाणडौं, चैत्त १९ : ईद पर्वको अवसरमा १६६ नेपाली बन्दीलाई आम माफी दिइएकोमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस कदमलाई हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भनेको छ। अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले यी बन्दीलाई आम माफी दिएको हो।