एसपी रिपोर्टर
काठमाणडौं, चैत्त १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्साको सहकारी ठगीसम्बन्धी मुद्दामा विलम्ब भएकोमा असन्तुष्टि जनाएका छन्।
मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले पर्साको मुद्दा किन ढिलो भइरहेको बारे पत्रकारहरूको प्रश्नको जवाफ दिएका छन्। लामिछानेले भने, “सरकारले मुद्दा झुण्ड्याइराखेको छ, हामीलाई थाहा छैन कि यो मुद्दा कहाँबाट र कसरी आएको हो। सबै थाहा छ, यसमा कुनै हकम्याद छैन।”लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलनको आरोप लागेको छ र यसबारे अनुसन्धान जारी छ। उनले सरकारले मुद्दा लम्ब्याएर आफूलाई दुःख दिन चाहेको आरोप लगाएका छन्।कास्की, काठमाडौं, रूपन्देही र चितवन जिल्लामा मुद्दा दर्ता भएपछि लामिछाने धरौटीमा रिहा भइसकेका छन्। तर वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दा भने पर्सा जिल्ला अदालतमा दुई पटक दर्ता भए तापनि अझै अगाडि बढ्न सकेको छैन।
लामिछानेले मुद्दा लम्बिएकोमा असन्तुष्टि जनाएका छन् र पर्सा प्रहरीलाई उच्च तहबाट थप अनुसन्धान गर्न निर्देशन दिइएको जनाएका छन्।