एसपी रिपोर्टर
वीरगन्ज, चैत्त १९ : वीरगञ्ज सुक्खा बन्दरगाह (ICD) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि ले आगामी पाँच वर्षका लागि रु ४.७१ अर्ब लागतमा पाएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि र कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड छनोट भएका थिए, जसमा प्रिस्टिन कम्पनीको प्रस्ताव उच्च भएकाले छनोट गरिएको हो।५७ बिघा क्षेत्रफल रहेको यो बन्दरगाहमा कार्गो रेलमार्फत मात्र सामान आयात-निर्यात गरिन्छ। सन् २००० मा ८२ करोड लागतमा विश्व बैंकको सहयोगमा निर्माण गरिएको बन्दरगाहमा भारत सरकारले २० करोड लागतमा रक्सौल-वीरगञ्ज रेल लिङ्क बनाएको थियो।
यस बन्दरगाहमार्फत चालु आर्थिक वर्षको आठ महिनामा ३२.३२ अर्ब तथा अघिल्लो वर्ष ४७.३१ अर्ब राजस्व सङ्कलन भएको थियो।