एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त १९ : प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात को निमन्त्रणामा उनी नेपालका प्रधानमन्त्रीको रूपमा पहिलो पटक औपचारिक भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा द्विपक्षीय वार्ता, पर्यटन तथा संस्कृतिमा २ र गैरसरकारी क्षेत्रमा ६ समझदारीपत्रमा हस्ताक्षर, साथै थाइल्याण्डका नरेशसँग भेट गर्ने कार्यक्रम छ। ओलीले चैत २१ गते व्यवसायीहरूसँग भेटघाट, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन, तथा बिमस्टेक शिखर सम्मेलनको औपचारिक रात्रिभोजमा सहभागिता जनाउनेछन्।
चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन, अन्य राष्ट्रप्रमुखहरूसँग साइडलाइन वार्ता, तथा मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसै दिन बैंककस्थित नेपाली दूतावासको कार्यक्रममा पनि सहभागी हुनेछन्।