एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त १९ : काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ परेका छन्। चैत १५ गते भएको उक्त घटनामा अपराधजन्य गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह, आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार, र विष्णुजंग बस्नेत रहेका छन्।उनीहरूलाई आज म्याद थपका लागि अदालत पेस गरिने छ। यसअघि, प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीको अन्य युनिटले पनि केही व्यक्तिलाई पक्राउ गरेको छ, जसलाई आजै अदालतमा पेस गरिने जनाइएको छ।