एसपी रिपोर्टर
वीरगञ्ज, चैत्त १९ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताएका छन्।
आम जनता पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वीरगञ्जमा पर्याप्त आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे।प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको उल्लेख गर्दै स्वदेशी उद्योग र कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।