एसपी रिपोर्टर
पर्सा, जेठ १६ : बिरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बिरगंजमा बिरगंज वाहेकका विरामीको उपचार नहुने र गरिए पैसा लाग्ने बताउन थालेका रहस्य खुलेको छ । पोखरिया नगरपालिकाबाट पैसा नआएको भन्दै उनले सम्वन्धित नगरपालिकाको मेयरलाई फोन गरेर आफ्नो पालिकाको विरामी लैजान घुर्की लगाएका छन् ।
पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुलाई फोन गरेर अबदेखि नारायणी अस्थायी कोभीड अस्पतालमा बिरगंज महानगरपालिकाका नागरिकलाई मात्र राख्ने जानकारी गराएको अडियो टेप सार्वजानिक भएपछि रहस्य खुलेको हो । उनले आफूलाई संघीय र प्रदेश सरकारले सहयोग नगरेको र आफु अहिले काम गर्दै आएको डाक्टरहरुलाई पालिरहेको समेत बोलेका छन् । हरेक खर्चको हरहिसाव दर्शाउदै गरेको सुनिएएको सो अडियोमा उनले आफनो मात्र कारण र खर्चले अहिले सम्मको विरामीलाई उपचार गरिरहेको सुनिन्छ । उनले अव सबैलाई पाल्न नसक्ने भन्दै मज्जाले मेयर रौनियारलाई समझाइ रहेको छ ।
सुन्नोस अडियो
मानविय संवेदना देखाउने समयमा समेत महानगरपालिकाका मेयर विजय सरावगी नाफाघाटाको हिसाव गर्दै हिडेका छन् । उनले स्थानिय अन्य पालिकाका अध्यक्ष र मेयरहरुसँग कोरोना संकमित विरामीको उपचारका लागि रकम मागेको र नदिनेहरुका हकमा उनीहरुको विरामी सम्वन्धित पालिकामै लैजान भनेको अडियो सार्वजनिक भएको हो । उपचार गराउने स्थानिय तहलाई २५ लाख सम्म लाग्ने गरेको समेत मेयर सरावगीले सम्झाइरहेको सुनिन्छ ।
हाम्राकुरा डटकमको सहयोगमा