एसपी रिपोर्टर
जनकपुरधाम , चैत १८ : नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ। गणतन्त्रको समर्थन गर्दै र पार्टीको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी कार्यालयबाट सुरु गरिएको मोटरसाइकल र्याली तिरहुतिया गाछी पुगेर समापन गरिएको हो।
र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी थिए। उनीहरूले मोटरसाइकलमा झण्डा फहराउँदै, एमालेको नारा लगाउँदै र लोकतान्त्रिक व्यवस्थाको समर्थन जनाउँदै शहरका मुख्य सडकहरूमा परिक्रमा गरेका थिए।
र्यालीपछि एमाले नेताहरूले जनताको माझमा पुगेर पार्टीको एजेन्डा प्रचार गर्ने, संगठनलाई सुदृढ बनाउने र गणतन्त्रको विरोध गर्ने शक्तिहरूलाई परास्त गर्ने रणनीति अपनाउने बताएका छन्।