एसपी रिपोर्टर
काठमाणडौं , चैत १८ : नेपाल सरकारले भूकम्पबाट प्रभावित म्यानमारलाई राहत सहयोग गर्ने तयारी गरिरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक पहल सुरु गरेको छ।
शुक्रबार ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्याएको थियो। उक्त विपत्तिपछि त्यहाँको सरकारलाई के, कति र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको स्रोतले जनाएको छ।यसै सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज मन्त्रालयमा विभिन्न मन्त्रालय तथा सरोकारवालासँग राहत सहयोगबारे छलफल गर्ने बताइएको छ।भूकम्पबाट प्रभावित म्यानमारलाई भारत, चीन, थाइल्याण्ड लगायतका देशहरू तथा विभिन्न संघ–संस्थाले सहयोग गरिसकेका छन्। म्यानमारमा गएको शक्तिशाली भूकम्पले छिमेकी थाइल्याण्डमा पनि असर पुर्याएको छ।
यस विपत्तिबाट १७०० भन्दा बढीको मृत्यु भइसकेको छ भने ३५०० भन्दा बढी घाइते भएका छन्। म्यानमारमा अझै उद्धार तथा राहत कार्य जारी रहेको छ।