एसपी रिपोर्टर
काठमाणडौं , चैत १८ : गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा गाडिएको अवस्थामा मृत फेला परेका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही चक्रघट्टा गाउँपालिका–८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ गतेदेखि बेपत्ता भएका थिए। परिवारले बौद्ध प्रहरी कार्यालयमा हराएको उजुरी दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा राहुलको शव फेला पारेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।सर्लाही चक्रघट्टा घर भई गोकर्णेश्वर बस्ने २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वरमै बस्दै आएकाहरू १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो, ४५ वर्षीय उत्तम मण्डल, सर्लाहीका २३ वर्षीय जोधन मण्डल छन् । भारत बिहार घर भई दक्षिणढोका बस्दै आएका २९ वर्षीय सुनिल शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं प्रहरी प्रमुख एसपी अपिलराज बोहरा का अनुसार, प्रारम्भिक अनुसन्धानमा लेनदेन विवादका कारण हत्या भएको खुल्न आएको छ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।