एसपी रिपोर्टर
जनकपुरधाम , चैत १८ : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा परम्परागत ‘इफ्तार’ तथा रोजा समाप्तिपछि नमाज पाठ गरी विशेष परिकार ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ।
नेपाल सरकारद्वारा ईदका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, नेपाल राजपत्र २०७९ माघ २९ मा प्रकाशित निर्णयअनुसार यस दिन सार्वजनिक बिदा घोषणा गरिएको हो।