एसपी रिपोर्टर
विराटनगर , चैत १७ : इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्मको रमजान पर्व आज समापन हुँदैछ, र भोलि इदउलफित्र पर्व मनाउने तयारीमा मुसलमानहरू जुटेका छन्। रमजान महिनामा, मुसलमानहरूले दिनभर निराहार व्रत बस्छन्, जसको क्रममा सूर्योदय अगावै आहार लिइन्छ र बेलुका माघरिबको अजान पछि खुल्छ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौं महिना हो, र यसमा कुरान अवतरण भएको मानिन्छ। यो महिनामा दान, गरिबलाई सहयोग र जकात निकाल्ने परम्परा विशेष मानिन्छ।रमजानको समाप्ति पछि मुसलमानहरूले चन्द्रमालाई हेरेर इदउलफित्र पर्व मनाउने परम्परा पनि रहेको इमाम हैदरले बताए।