एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ : जिल्ला प्रशासन कार्यालय धनुषाले विरामी बोक्न इन्कार गर्ने एम्वुलेन्सलाई कारवाही गर्ने बताएको छ । जिप्रकाले विभिन्न वाहानामा विरामी बोक्न नमान्ने एम्वुलेन्सलाइ कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
नेपाल सरकारबाट कर भन्सार छुट लिई विभिन्न संघ संस्थाहरुवाट सञ्चालित एम्वुलेन्सहरु विरामी बोक्न नमानेको र अनाहकमा मानिशको ज्यान समेत जाने गरेको गुनासो बढेपछि कार्यालयले कुनै पनि वाहानामा एम्वुलेन्समा विरामी बोक्न अस्वीकार नर्गन समेत भनिएको छ ।
साथै जिप्रका धनुषाले एम्वुलेन्सहरुलाई जिप्रकावाट तोकेकै पालिकामा राख्न, चालकको सिटलाई पार्टेसन गर्न, चालकलाई पिपिई, मास्क, पञ्जा, उपलब्ध गराउन, बिना कारण चालकलाई विदामा नराख्न र राख्ने परे त्यसको वैकल्पिक व्यवस्था गर्न समेत जिप्रका धनुषाले निर्देशन दिएको छ । एम्बुलेन्सले विरामी बोक्न नमानेकै कारण ढिलो हुँदा धनुषाको जटहीमा एक भोकै रहेका युवाले ज्यान गुमाउन परे पछि प्रशासन कडाई गर्ने भएको छ ।

विभिन्न वाहानामा विरामी बोक्न नमान्ने र विरामीलाई अस्पताल पुरयाउन नचाहने एम्बुलेन्सलाई नियन्त्रणमा लिएर एम्बुलेन्स खारेजी सम्मको कारवाही गरिने सम्मको चेतावनी जिप्रका धनुषाको छ । कुनै एम्बुलेन्स त्यसो गरेको पाइएमा नेपाल प्रहरीको नम्वर १०० र शस्त्र प्रहरी वल धनुषाको मोबाइल नम्वर ९८५४०२१०७७ मा फोन गर्न समेत प्रशासनले आग्रह गरेको छ ।