एसपी रिपोर्टर
काठमाणडौँ, चैत १७ : चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्।
उनले एक भिडियो सन्देशमा आफू नभागेको, तर आफ्नो ज्यान जोगाउन काठमाडौँको मन्दिरमा सुरक्षित बसेको बताएका छन्। उनले कार्यक्रम शान्तिपूर्ण ढंगले गर्ने क्रममा आफूलाई मार्ने षड्यन्त्र भएको दाबी गरेका छन्। प्रसाईंका अनुसार, पुलिसले उनलाई लक्षित गरेर गोली र टियर ग्यास हानेका थिए, जसले गर्दा उनले ब्यारिकेड तोडेर सुरक्षित स्थानमा पुगेका थिए। उनले घटनामा तोडफोड नगरेको र संसद् भवन कब्जा गर्ने मात्र भनिएको बताएका छन्।