एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पतालहरू तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलहरूको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ। अनुगमन टोली देख्नेबित्तिकै ती कर्मचारी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई छोडेर फरार भएका थिए।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउसलाई सिल गरेको छ। अखाद्य तथा कुहिएका वस्तुहरूको प्रयोग र जथाभावी फोहरमैला व्यवस्थापन भेटिएपछि उक्त चाट हाउस सिल गरिएको हो।