एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : धनुषाको रघुनाथपुरमा भव्य संगीतमय श्रीमदभागवत गीता महापुराण कथाको आयोजना हुने भएको छ । चैत २४ गते देखि ३१ गते सम्म आठ दिवसीय आयोजना हुन लागेको यस वृहत ज्ञान महायज्ञमा भारतका चर्चित कथा वाचक श्री शिवांश महाराजको आगमन हुन लागेको आयोजक रघुनाथपुरको युवाहरु सम्मिलत श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले जनाएको छ ।
शनिवार जनकपुरधाममा बस्ने रघुनाथपुरवासीहरु सहित संग आयोजक समितिले एक छलफल गरि ज्ञान महायज्ञलाई भब्यताका साथ सम्पन्न गर्ने विभिन्न आयामहरु बारे विचार विर्मश गरेको छ । सो अवसरमा जनकपुरधाममा बस्ने रघुनाथपुरका विभिन्न क्षेत्रका पेशाकर्मीहरुले महायज्ञलाई भब्य र सफल बनाउन आ आफनो हरेक सहयोगको घोषणा र प्रतिवद्वता जाहेर पनि गरेका छन् ।

साथै आयोजक समिति केहि दिन अगाडि काठमाण्डौं समेत पुगेर उपत्यकाको तिनै जिल्लामा बस्ने रघुनाथपुरियन परिवारहरुलाई भेटेर आमन्त्रण तथा सहयोगको लागि अपिल गरेर फर्किसकेका छन् । उनीहरु पनि सबैजना आउने प्रतिवद्वता जाहेर गरेपछि समिति आयोजन प्रति हौसिएको छ ।
समितिका अध्यक्ष विरेन्द्र महतोले आफुहरुले सक्दो प्रयास गरेर जनकपुरधाममा बस्ने रघुनाथपुरियनहरुको नाम ठेगाना पत्ता लगाएर आमन्त्रण पठाउन लागि परेको बताउदै भुलवस छुटन गएकाहरुलाई यस्तै सुचनाका आधारमा पनि २४ गतेको समुदघाटन देखि ३१ गतेको समापन सम्म सहभागिताका लागि अनुरोध गरेका छन् ।
यो ज्ञान महायज्ञ श्रीमदभागवतको उद्देश्य विशुद्व रुपमा रघुनाथपुरमा रहेको समाजिक धर्मशालाको विकास र विस्तारका लागि रहेकाले सबैले आ आफनै आयोजन बुझेर धर्म र समाजिक विकास दुवै कार्य सफलता हुने भएकाले सहयोग गर्न आयोजक समितिले आग्रह गरेको छ । महायज्ञ श्री हरिहरनाथ मन्दिर छेउमै लाग्ने रघुनाथपुर बजारको प्राङ्गणमा हुने समेत बताइएको छ । चैत २४ गते भब्य कलशयात्रा र समुदघाटन तथा सोहि दिन देखि महायज्ञ प्रारम्भ हुनेछ ।
