एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बेलुकी चार बजे विरोध रयाली सहित प्रदर्शन गर्ने भएको छ । शुक्रवार विभिन्न आन्दोलनको नाउँमा भएको अराजक गतिविधीमा परेर एभिन्यूज टिभीका पत्रकार सुरेश रजकको आगोमा जलेर निधन भएको विरोधमा आज हुने महासंघको स्थापना दिवसको सबै कार्यक्रम स्थगित गरेर विरोधका कार्यक्रमहरु गर्न लागिएको महासंघ धनुषाका अध्यक्ष पुरन साहले बताए ।
हामि स्थापना दिवसको उल्लासमा हुनुपर्नेमा शोकमा डुबेका छौं, साहले भने, ‘बेलुका चारबजे धनुषाका सम्पुर्ण पत्रकारजगतलाई महासंघको विरोध रयालीमा सहभागिताका लागि अपिल गर्दछु ।’ मुख्यमन्त्री, मन्त्री देखि सत्तधारी पनि सबै दलका नेताहरुले भाषण र व्यवहारबाटै पत्रकारलाई बदनाम गर्ने विभिन्न टिक्का टिप्पणी गर्ने काम भइरहेको अवस्थामा अव आन्दोलनकारीहरुले पनि पत्रकार र मिडियालाई नै लक्षित गरि मचाउन थालेको अराजकता विरुद्व सबै पत्रकार गोलवद्व हुन आवश्यक रहेको साहको अपिल छ ।
विहान सात बजे महासंघ धनुषामा भेला भएका दुई दर्जन भन्दा बढि पत्रकारहरु महासंघको भवन अगाडि एक मिनेट मौन धारण गर्दै शुक्रवार मारिएका पत्रकार स्व. सुरेश रजक प्रति श्रद्धाञ्जली अर्पण गर्दै विरोध रयाली र दिप प्रज्वलनको कार्यक्रम तय गरेको महासंघ धनुषाले जनाएको छ ।