एसपी रिपोर्टर
काठमाणडौँ, चैत १३ : निर्वाचन आयोगले लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाउने र जरिबाना नतिर्ने तीन राजनीतिक दल खारेज गर्ने भएको छ।
खारेजी प्रक्रियामा पर्ने दलहरूमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) रहेका छन्।यस्तै, लेखा परीक्षण प्रतिवेदन नबुझाएका गान्धीवादी पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, साझा पार्टी नेपाल, र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) लाई पनि आयोगले दुई पटक जरिबाना तोके पनि ती दलहरूले जरिबाना बुझाएका छैनन्।
निर्वाचन आयोगले कानुनअनुसार स्पष्टीकरण सोध्ने तयारी गरेको छ। हालसम्म ११५ दर्ता दलहरूमध्ये ८८ दलले मात्र लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्।