एसपी रिपोर्टर
वीरगञ्ज, चैत १३ : बारामा १५० किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बुधबार जितपुर सिमरा उपमहानगरपालिका–४, औराहाबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–२२ चक्री टोलका ४२ वर्षीय बुद्ध घलान, ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीरबहादुर डम्बा र हेटौंडाका २७ वर्षीय सोमलाल पाख्रीन छन्। उनीहरू ६ वटा बोरामा १५० किलो गाँजा टाउकोमा बोकेर दुधौरा खोलाबाट रतनपुर हुँदै बकुलियातर्फ लग्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।