एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६ लाख ८७ हजार ७७८ राजस्व सङ्कलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ ले वृद्धि भएको हो।
महानगरपालिकाको राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको करिब ४० प्रतिशत राजस्व सङ्कलन भइसकेको छ।सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार तथा पूर्वाधार सेवा उपभोग करबापत रु १ करोड ६८ लाख सङ्कलन गरिएको महानगरले जनाएको छ।