एसपी रिपोर्टर
सिरहा, चैत १२ : माध्यमिक शिक्षा परीक्षा (S.E.E.)मा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको आरोपमा सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरिएको छ।
आज भइरहेको विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निष्कासन गरिएको हो। निरीक्षक आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटिएपछि तत्काल केन्द्राध्यक्षले उनलाई निष्कासन गरेका हुन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीले जानकारी दिँदै भने, “परीक्षामा परीक्षार्थीलाई गेसपेपर र मोबाइल छिराएर चिट चोराउन सहयोग गरेकोले उनीमाथि कारबाही गरिएको हो।”सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्।यस परीक्षा केन्द्रमा निजी विद्यालय स्वस्तिक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयको परीक्षा केन्द्र रहेको छ।
सिरहामा ५० वटा परीक्षा केन्द्र रहेका छन्, जहाँ १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी रहेका छन्।