एसपी रिपोर्टर
काठमाणडौँ, चैत १२: प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरूले ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई असफल बनाउन खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनमा उनले सरकार विकासका नीति र कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहेको बताए। विपक्षीहरूले अनावश्यक विवाद सिर्जना गरी सरकारको ध्यान भंग गर्ने प्रयास गरिरहेको उनले आरोप लगाए।ओलीका अनुसार, उनको कार्यकालमा बनेका सडक र पुल इतिहासमै सर्वाधिक रहेका छन्। नेपाललाई विकसित देख्न नचाहने तत्वहरूले निरर्थक हल्ला फैलाइरहेको उनको दाबी छ।