एसपी रिपोर्टर
काठमाणडौँ, चैत १२ : नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ।
समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजसंस्था समर्थक, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी समूहहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।संयोजक नवराज सुवेदीले नेपाल राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको बताउँदै राजसंस्थावादीहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले राजधानी केन्द्रित सबै आन्दोलनहरूमा समितिको पूर्ण समर्थन रहने उल्लेख गरेका छन्।
यही दिन समाजवादी मोर्चाले पनि राजधानीमा राजसंस्थावादी गतिविधिविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ।