एसपी रिपोर्टर
काठमाणडौँ , चैत १२ : बर्दिबासका रेल्वे आयोजना पीडित ६ दिनदेखि मुआब्जा लगायतका समस्याको समाधानको माग गर्दै आन्दोलनमा छन्। उनीहरू रेल विभाग अगाडि धर्नामा बसेका छन्।
रेल विभागका प्रवक्ता कमलकुमार साहका अनुसार मुआब्जा सम्बन्धी छलफल भइरहेको छ, तर तत्काल समाधानको सम्भावना निश्चित छैन। पीडितहरूले १२ वर्षदेखि रोक्का रहेको जग्गाको मुआब्जा नपाएको भन्दै विरोध जनाइरहेका छन्।जनकपुरस्थित रेल्वे कार्यालय प्रमुख विनोदकुमार ओझाले नियमविपरीत मुआब्जा वितरण भएको प्रमाण पेश गरे पनि विभागले समस्या समाधान नगरेको पीडितहरूको गुनासो छ।
मुआब्जा वितरणमा अनियमितता भएको भन्दै आन्दोलनकारीहरूले विभागलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले आन्दोलन चर्किएको बताएका छन्।