एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : सिरहामा बोराभित्र एक जनाको शव फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको हो।
प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन। तर, सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्। फेला परेको शव उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको छ।