एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार, छलफलको मुख्य एजेन्डा संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने विषय हो।छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायतका नेताहरू सहभागी छन्। छलफल अघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।