एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको समिति बैठकमा दफावार छलफलपछि विधेयक पारित गरिएको हो।
समितिले लामो समयसम्म छलफल गरी भन्सार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विधेयक पारित गरेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए। सभापति चालिसेले विधेयकलाई चाँडै प्रतिनिधि सभामा प्रतिवेदनका रूपमा पेस गरिने बताए।