एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँगको एकता र अन्य विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ।
बैठकमा दुई दलबीचको एकता र संगठन सम्बन्धी एजेण्डा रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन्। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकता सहमतिमा नजिक पुगेका छन्। सहमतिअनुसार, एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने, अध्यक्ष डा. सीके राउत, संरक्षक रेशम चौधरी, सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने र चुनाव चिह्न ढकिया रहने विषयमा छलफल भएको छ।
बैठक आगामी शुक्रबार बिहान ९ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्नेछ। राष्ट्रिय परिषद् बैठकमा ७० भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रवक्ता यादवले जानकारी दिए।